थाङ्का चित्र: एउटा अद्भुत इतिहास, तर यसरी मासिँदैछ (भिडियो सहित)

बौद्ध दर्शनलाई सहजताका साथ व्याख्या गर्न सकिने सजिलो माध्यम हो, थाङ्का ।

तिब्बती शब्द “ थाङ्का” को शाब्दिक अर्थ “अभिलेखीकरण गरिएको सन्देश” भन्ने हो । 

थाङ्का सुती वा रेशमको बुट्टेदार कपडामा बनाइएको चित्र हो जसमा प्रायः जसो बौद्ध धर्मका कुनै देवता, दृश्य वा मण्डला कोरिएको हुन्छ । 

मूलतः लामा र भिक्षुहरूले बौद्ध धर्मको शिक्षा प्रदान गर्नका लागि चित्रहरूको प्रयोग गर्छन् । थान्का चित्रहरु दृश्यको रुपमा  ज्ञानको अभिव्यक्ति भएको मानिँदै आएको छ भने यसलाई वौद्ध आध्यात्मिकको अन्तिम लक्ष्य पनि भनिन्छ । 

प्रायः थाङ्काहरु तुलनात्मक रूपमा साना हुन्छन्, तर केही भने अत्यन्तै विशाल हुन्छन् । केही थाङ्काहरुमा उल्लेख्य मात्रामा सुन वा चाँदीको अंश हुन्छ जुन थाङ्काका केही भागहरुलाई जोड दिन वा यसलाई अन्तिममा शानदार स्वरुप दिन प्रयोग गरिन्छ ।

थाङ्का चित्रहरू बौद्ध धर्मको पाठहरूको कारणले गर्दा र साथै कला प्रतिको तिब्बती तथा नेपाली समर्पणले गर्दा पनि लोकप्रिय छन् । नेपाल भ्रमणमा आउने आगन्तुकहरू माझ थाङ्का चित्र अत्यन्त लोकप्रिय छ । आगन्तुकहरूले थाङ्का चित्र मार्फत नेपालको ऐतिहासिक तथा धार्मिक परम्परालाई झल्काउने कलाकृति आफ्नो साथमा लिएर जान सक्छन् । यो सजावटको सामान हुनुका साथै यसको अध्यात्मिक महत्व पनि छ ।

नेपाली परम्परागत थाङ्का कलामा एक दशक लामो समयदेखि योगदान दिँदै आएका थाङ्का कलाकार अमन लामाले सयौं चित्र बनाइसकेका छन् ।

दोलखा घर भएका अमन अहिले सूर्यविनायकमा बस्छन् । १३ वर्षको उमेर देखि उनले चित्र कोर्न थालेका हुन् । शुरुमा अमनले सामान्य ज्ञान उनको काकाबाट लिएको तर अहिले उनको नेतृत्वमा अहिले १५ जना भन्दा धेरै कार्यरत छन्  ।

थाङ्का चित्र कार्नु भन्दा पहिला कपडा बनाउन सिक्नु पर्ने उनी बताउँछन् । लामा भन्छन्, “पहिला कपडा बनाउन सिक्नुपर्छ कपडा बनाएपछि रंग भर्ने काम शुरु हुन्छ ।”

एउटा चित्र पुरा गर्नको लागि हप्ता दिन देखि एकमहिना भन्दा माथिसम्मको समय लाग्ने लामाको भनाई छ । 

“कुनै त एक डेढ महिना पनि लाग्छ” थपे, “साइज हेरेर पनि हुन्छ त्यसैले पनि एउटा चित्र बनाउदा धेरै जनशक्ति लाग्छ ।  ” 

थाङ्का चित्रमा रंगहरुको पनि छुटै अर्थ रहकोे उनी बताउँछन् । चित्रकारहरुको कलाको मूल्य नेपालमा राम्रो नभएको उनले गुनासो गरे । 

थाङ्का चित्रमा सुन र सुनौलो गरि दुईवटामा विभाजन गरिन्छ ।  सुनौलोको विकास भइसकेपछि सुनको मुल्य पनि घट्दै गएका लामाले भने ।  

भन्छन्, सुनकै प्रयोग गर्दा धेरै लगानी लाग्छ र धेरै पटक त लगानि पनि उठाउँन मुस्किल हुन्छ । 

व्यापारिहरुले पनि आफूले लगानी गरेको भन्दा निकै कम मूल्यमा किन्न खोज्ने भएकाले पनि चित्रकारहरुलाई समस्या भएको उनी बताउँछन् । साहुले थेरै रकम दिने भएकाले पनि आफु र आफूसँगै काम गर्ने साथिहरुलाई जीविकोपार्जनमा गाह्रो भएको उनले बताए ।

धेरै दिनको मिहेनत र प्रयास पछि मात्र एउटा चित्र तयार हुने भएपनि उनीहरुको श्रमलाई दिने मूल्य उचित नभएकाले पनि थाङ्का चित्र बनाउने र बन्ने क्रम घट्दै गएको लामाको भनाई छ ।

जसका कारण नेपालका राम्रा र वरिष्ठ चित्रकारहरु सबै विदेशी सकेका छन् । किनभने उनीहरुको श्रमको उचित मूल्याङ्कन र मूल्य त्यहा उनीहरुले पाइरहेका छन् ।  

“चित्र बनाएर नेपालमा परिवार पाल्न सक्ने अवस्था छैन”, लामाले भने ।  

सरकारलाई चित्रकार र व्यापारीको लागि नियम बनाउन लामाले सुझाव दिएका छन् । 

थाङ्का चित्रका खर्चिएको श्रम र साइजको आधारमा त्यसको मूल्य तोक्नु जरुरी रहेको उनको भनाई छ । भन्छन्, “फिक्स रेट हुनु जरुरी छ ।” 

“फिक्स रेट हुनु जरुरी छ ।” 

थाङ्का चित्र नेपालकको मैलिकता सँग पनि जोडिएको छ । थाङ्का चित्रलाई नेपालको आर्थिकसँग पनि जोड्ने हो र यसको संरक्षण गर्ने हो भने यसले अबको दिनहरुमा देशको अर्थतन्त्रमा पनि  सहायता गर्ने लामाको विश्वास छ । 

चित्रकारहरु चित्रको उचित मुल्याकन नभएका गुनासो गरिरहँदा  व्यवसायीहरु भने थाङ्का चित्रको व्यापारमा कमि आएको बताउँछन् । 

व्यापारी संगम लामाले भने, “पहिलाको तुलनामा थाङ्का चित्रको व्यापार खासै हुने गरेको छैन् ।”

राम्रो चित्रकारहरु बिदेशीएपछि थाङ्का चित्रको व्यापारमा कमि अएको उनको अनुभव छ । 

थाङ्का चित्र साहित्य हो । इतिहास संग जोडेर हेरिने भएकाले पनि अध्ययनको जरुरी रहेको संगमले बताए । 

थाङ्का चित्रबाट अन्य देशको नागरिकहरुको प्रतिक्रिया राम्रो हुने गरेको छ  । भन्छन्, चित्र भित्रको इतिहास र रहस्यले उनीहरुलाई आकर्षित हुन्छन् ।”

आगो र पानीबाट थाङ्काचित्रलाई जोगाउनु पर्छ । 

सरकारको तर्फबाट थाङ्काको संरक्षण र प्रवद्र्धनको लागि कुनै पहल नभएको उनी भन्छन् । आर्टमा राम्रो रोजगार सिर्जना गर्नु पर्ने उनको भनाई छ ।

संगमले भने, “कला/कलाकारहरु देशको गहना र इज्जत हुन् व्यापार आफ्नो ठाँउमा छुट्टै होला त्यसैले सरकारले चित्रकारहरुलाई रोजगारी दिन सक्यो भने यसको विकास हुन सक्छ ।” 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?