पूर्वराजाको वक्तव्यलाई स्वागत यस्तो गरियो

पूर्वराजा ज्ञानेन्द्रले भाइटीकाको दिन देश र जनताको रक्षार्थ बोलेको वक्तव्यलाई स्वागत गर्दै कपिलवस्तुको कृष्णनगरमा द्वीप प्रज्वलन गरिएको छ । नेपाल मुक्ति मञ्चको आयोजनामा कृष्णनगर भन्सार अगाडि एक घण्टा चक्का जाम गरी दीप प्रज्वलन र पटाका पडकाउँदै राजाको वक्तव्यलाई स्वागत गरेका हुन् कार्यक्रममा नेपाल मुक्ति मञ्चका अध्यक्ष श्याम कुमार मिश्रले हाम्रो मौलिक धर्म, संस्कृति र परम्पराको रक्षार्थ संबैधानिक राजसंस्थाको पुनस्थापना गरी सैनिक शासन लागू गर्न र राजसंस्था कायम गर्न जोडदार माग गरे । कार्यक्रममा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रबादी० कपिलवस्तुका अध्यक्ष प्रेमशंकर शुक्ला लगायत झण्डै दुई सय युवा, नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको बताइएको छ यसैबीच नेपाल मुक्ति मञ्च कपिलवस्तु र एकीकृत राप्रपा ९राष्ट्रबादी० कपिलवस्तुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै राजाको वक्तव्यलाई स्वागत गरेका छन् । मुक्ति मञ्चका जिल्ला अध्यक्ष श्याम कुमार मिश्र र एकीकृत राप्रपा (राष्ट्रबादी) का जिल्ला अध्यक्ष प्रेमशंकर शुक्लाद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत राष्ट्रिय एकताको निम्ति एकजुट हुन सम्पूर्ण राष्ट्रबादी, देशभक्त नेपालीलाई आन्दोलनमा उत्रन आह्वान गरिएको छ गत कार्तिक ४ गते भाइटीका दिन राजा ज्ञानेन्द्रले संचारकर्मीसँगको संक्षिप्त कुराकानीमा देशको अभिभावकको रुपमा मुलुकलाई नेतृत्व लिन र जिम्मेवारी लिन आफू तयार रहेको अभिव्यक्ति सान्दर्भिक र राजनीतिक स्थिति अनुकूल रहेको ठहर गर्दै मुक्ति मञ्च र राप्रपा राष्ट्रबादीले संयुक्त प्रेसविज्ञप्ती प्रकाशित गरेका हुन् । विज्ञप्तीमा मुलुक नेतृत्व विहीन अवस्थामा रहेको, दिनानुदिन भ्रष्टाचार, हत्या, अराजकता, राजनैतिक खिचातानी बढ्दै गएका विज्ञप्तीमा उल्लेख छ । यसैगरी धर्म संस्कृति परम्परा, मूल्य र मान्यतालाई समाप्त पार्दै नेपालको मौलिक पहिचान नै समाप्त पर्ने गरी राष्ट्रिय स्वाधिनता खतरामा पर्ने खतरा बढेको औल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?