सत्ता स्वार्थको लागि मात्र गठबन्धन बनाएको होइन : वर्षमान पुन

लोकपथ
28
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले गठबन्धन सत्ता स्वार्थको लागि नभएको जिकिर गरेका छन् ।

सोमबार स्वः प्रदीप गिरिको प्रथम स्मृति दिवसको अवसरमा आयोजित प्रजातान्त्रिक समाजवादका आयामहरु विषयक संवाद कार्यक्रममा नेता पुनले सैद्धान्तिक कुराहरु मिलेर नै गठबन्धनको सरकार बनेको बताए ।

‘सैद्धान्तिक कुराहरु मिलेर नै हामी गठबन्धनको सरकारमा छौं । मात्र यो सत्ता स्वार्थको लागि होईन् । हामी फरक तरिकाले लड्यौं र शान्ति सम्झौता हुँदै संविधानसभामार्फत संविधान निमार्ण गर्न सांझा विन्दु बनायौं । ’ पुनले भने ।

मार्क्सवादलाई सबैले आफ्नो अध्ययनको विषय र आधार बनाउनु पर्ने र साझा विन्दुमा रहेर सहकार्य गरेर अघी बढ्नु पर्ने पनि नेता पुनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?