काठमाडौं । कोशी प्रदेशसभामा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक जारी रहेको छ । मुख्यमन्त्री थापाको विश्वासको मत लिने कार्यतालिका आज बिहानको लागि तय गरिएको थियो । तर उपसभामुखले आफ्नो स्वास्थ्यमा समस्या भएको भन्दै आज बिहानै काठमाडौं गएपछि यो अवस्था सृजना भएको हो ।
ज्येष्ठ नागरिरको हैसियतले नेपाली कांग्रेसबाट निर्वाचित इस्राइल मन्सुरीले बैठकको अध्यक्षता गरिरहेका छन् । सत्ता गठबन्धनले सभाको अध्यक्षता गर्ने व्यक्तिले पनि मतदान गर्ने निर्णय गरेको छ जसको प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा लगायतका दलले विरोध गरिरहेका छन् ।
प्रदेशसभामा सत्तागठबन्धनको ४७ सीट छ । अन्सारीले बैठकको अध्यक्षता गरेपछि ४६ मतमात्र हुनेछ । विश्वासको मत पाउनका लागि ४७ मत आवश्यक पर्छ । सभाको अध्यक्षता गर्ने व्यक्तिले दुवैतर्फ मत बराबर भएमात्र निर्णायक मत दिन पाउने संवैधानिक व्यवस्था रहेको संविधानविद्हरु बताउँछन् ।
प्रदेशसभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरूको बहुमतबाट हुनेछ । अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने छैन । तर, मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले आफ्नो निर्णायक मत दिनेछ । संविधानमा लेखिएको छ ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाअध्यक्ष गर्ने इस्राइल मन्सुरीले मतदान गरे एमालेले प्रतिवाद गर्ने जनाएको छ । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीलेजबर्जस्ती गरे सदनदेखि अदालतसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया