काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्बरप्रसाद श्रेष्ठको नाम सर्वसम्मतले अनुमोदन भएको छ ।
आज बसेको संसदीय सुुनुुवाई समितिको बैठकले श्रेष्ठको नाम अनुमोदन भएको हो ।
संसदीय सुुनुुवाईपछि श्रेष्ठले न्यायपालिका सुुधारका लागि आफ्नो कार्ययोजनासहित आफ्नो धारणा व्यक्त गरेका थिए । साथै न्याय सम्पादन चुुस्त र व्यवस्थित बनाउनेबारे योजना समेत पेश गरेका छन् ।
उनले विभिन्न १८ वटा योजनाहरु समेत सुनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया