१२ आश्विन २०८०, शुक्रवार

आजै विश्वासको मत लिने सम्भावना देखिएन : मुख्यमन्त्री थापा

२०८०,भाद्र,४,सोमवार १३:२६

90
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत नलिने भएका छन् । विराटनगरमा सर्वदलीय बैठकपछि पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री थापाले सबैसँग सल्लाह गरेर अर्को दिन विश्वाशको मत लिने बताएका हुन् ।

‘आफैँले बोलाएको बैठक र उपसभामुखले दिएको समय थियो । उहाँ नै अनुपस्थित हुनुभयो । उहाँले आज बिहान ९ बजेतिर जानकारी दिनुभयो, उहाँले बोलाएको बैठकमा उहाँ नहुँदा के गर्ने भन्ने निर्णय कार्य व्यवस्था परामर्श समितिले निर्णय गर्छ । आजै विश्वासको मत लिने सम्भावना देखिएन । सल्लाह गरेर अर्को दिनलाई निश्चित गरेर हामी अगाडि बढ्छौँ ।’ मुख्यमन्त्री थापाले भने ।

थापाले बजेट प्रतिस्थापन गरेर अगाडि बढ्ने पनि बताए ।

बजेट प्रतिस्थापन गर्नका लागि आगामी भदौ १० गतेसम्म समयावधि रहेको छ । विश्वासको मत लिने सम्बन्धमा हामीलाई ३० दिनको समय दिएको छ । त्यो अवधिभित्र विश्वासको मत लिन्छौँ,’ थापाले भने ।

कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार काठमाडौं हिंडेपछि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची अलपत्र परेको हो । थापाले आज (सोमबार) विश्वासको मत लिने कार्यसूची तय भएपछि  उपसभामुख दनुवार काठमाडौं हिंडेकी हुन् ।

 

प्रकाशित मिति: २०८०,भाद्र,४,सोमवार १३:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सबै पूराना दलहरुलाई मिलेर सहमतीय सरकार बनाउन आग्रह गरेका छन्

नेकपा एमालेबाट टुक्रिएर नयाँ पार्टी बनेको एकीकृत समाजवादीभित्र दरार देखिन थालेको छ । केन्द्रीय तहका नेताहरुबीच एकले अर्काको अस्तित्व स्वीकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु भ्रमणमा जाँदै छन् । उनी स्थानीय समयअनुसार बिहान पौने १० बजे

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने

ताजा समाचार

एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै
 २०८०,आश्विन,१२,शुक्रवार ११:०३
एमाले कोशी प्रदेश अधिवेशन आज
 २०८०,आश्विन,१२,शुक्रवार १०:५५