काठमाडौं । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आज सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ ।
सीआईबीले पूर्वप्रधानमन्त्री माधव नेपाल र डा. बाबुराम भट्टराईको पनि बयान लिएको छ । पक्राउ गरिएकाहरूको म्याद थप गरेर आज प्रतिवेदन बुझाउन लागिएको हो ।
हाल यो प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरुङ सहित १८ जना हिरासतमा छन् । हिरासतमा भएकाहरूलाई थुनामा राख्न अदालतले दिएको म्याद आइतबार सकिएसँगै सोमबार म्याद थप्न लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया