१३ आश्विन २०८०, शनिवार

मुख गन्हाउँछ ? पुदिना प्रयोग गर्नुहोस्

२०८०,भाद्र,४,सोमवार १२:१०

306
Shares

काठमाडौं । तपाईंको स्वास गन्हाउँछ ? गिजाबाट रगत आउँछ ? यही समस्याका कारण साथीहरुसंग खुलेर बोल्न पनि सक्नु भएको छैन् ? त्यसो हो भने पुदिनाको नियमित प्रयोगले तपाईंलाई सहयोग पुग्नसक्छ ।

के छन् पुदिनाका फाइदा ?

१. मुख गन्हाउने समस्या भएकाहरूले पुदिनाको सुख्खा पात पिसेर मञ्जन गरे जसरी दाँतमा घोटेमा यसले मुखबाट आउने दुर्गन्ध कम हुन्छ । यसो गर्नाले गिजा बलियो बनाउँछ र रगत आउने समस्यालाई पनि कम गर्छ ।

२. यदि शरीरमा दाद वा छालामा फुस्रोपना आएमा वा दाद आएमा पुदिनाको पातलाई दिनमा चार पटक लगाएमा समस्या समाधान हुन्छ ।

३. पुदिनाको पातसँगै ३ थोपा जति कागतीको रस मिलाएर मुहारमा लगाएर पाँच मिनेटपछि यसलाई सफा गर्नाले छालामा हुने एलर्जीको समस्या समाधानमा सहयोग पुग्ने छ ।

४.पुदिनाको रसको प्रयोग रुघाखोकीबाट आराम मिल्छ ।

५. ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुने र अपच भएर पेट दुखेको छ भने पनि पुदिना, अदुवा र बिरे नूनको धूलो मिलाएर खादाँ फाइदा पुग्छ ।

६. पुदिनामा प्रचुर मात्रामा भिटामिन सी हुने भएकाले यसको प्रयोगबाट थकाईमा आराम मिल्छ र मानिस फ्रेस हुन्छ ।

७. पेट दुखेको बेलामा अदुवाको रससँग पुदिनाको पात पिसेर खाएमा दुखाइ कम हुन्छ ।

८. पुदिनाको नियमित प्रयोगले पाचन प्रणालीलाई सहज बनाउन सहयोग पुग्नेछ ।

९.पुदिनाको प्रयोगले मिन्सुरेन्सको समयमा पेट दुख्नेसहितको समस्या समाधानमा सहयोगी बन्ने छ ।

(डाक्टर सरिता बजगाइसँगकाे संवादमा आधारित)

 

 

 

 

प्रकाशित मिति: २०८०,भाद्र,४,सोमवार १२:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आज विश्व मुटु दिवस । विभिन्न जनचेतानामूलक कार्यक्रमहरु गरी मनाइँदै छ । विश्वमा हरेक वर्ष दुई करोड मानिसको

काठमाडौं । अल्जाइमर्स स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो । यसलाई बिर्सिने रोग समेत भनेर चिनिन्छ । यो रोगबाट

नेवार समुदायको विशेष पर्वको रुपमा रहेको गुँला पर्व एउटा साँगीतिक पर्व पनि हो । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने

नेवार समुदायले चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म १ महिना धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०