दुई समितिको बैठक बस्दै

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय सभा अन्र्तगतका दुई समितिका बैठकहरू बोलाइएको छ । सिंहदरबार स्थित संसद सचिवालयमा दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बोलाइएको हो । बैठकमा उत्तरविधायिकी परीक्षणको विषय चयन विविधका विषयमा छलफल हुनेछ ।

त्यस्तै, दिगो विकास तथा सुशासन समितिको बैठक पनि बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा नेपालमा प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन सम्बन्धी नीतिगत विषयमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?