१२ आश्विन २०८०, शुक्रवार

कोशीका मुख्यमन्त्रीले आज विश्वास मत लिदै

२०८०,भाद्र,४,सोमवार १०:३९

45
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज (सोमबार) प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । साउन १६ गते थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ ।

संबैधानिक व्यवस्था अनुसार उनले भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ । विश्वासको मत लिन थापाले शुक्रबार कोशी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए । गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद संख्या छ । तर, सभा सञ्चालन गर्न उपसभामुख अनुपस्थित भए के गर्ने भन्नेमा गठबन्धनमा अन्योल देखिएको छ ।

सभामुख बाबुराम गौतमलाई राजिनामा गराएर गठबन्धनले साउन १६ गते मुख्यमन्त्री दाबी गरेको थियो । गठबन्धनका दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका ४७ प्रदेशसभा सदस्यको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । विपक्षमा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी ६ सांसद छन् ।

विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्रीले विपक्षीलाई पत्र पठाएका छन् । र, ६ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन पाउनेमा मुख्यमन्त्री थापा आशावादी देखिएका छन् ।

प्रकाशित मिति: २०८०,भाद्र,४,सोमवार १०:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सबै पूराना दलहरुलाई मिलेर सहमतीय सरकार बनाउन आग्रह गरेका छन्

नेकपा एमालेबाट टुक्रिएर नयाँ पार्टी बनेको एकीकृत समाजवादीभित्र दरार देखिन थालेको छ । केन्द्रीय तहका नेताहरुबीच एकले अर्काको अस्तित्व स्वीकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु भ्रमणमा जाँदै छन् । उनी स्थानीय समयअनुसार बिहान पौने १० बजे

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने

ताजा समाचार

एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै
 २०८०,आश्विन,१२,शुक्रवार ११:०३