जनकपुरधाम । धनुषाको ईलाका प्रहरी कार्यालय सबैलामा ११ महिनाको कार्यकाल सम्पन्न गरी इन्स्पेक्टर रामकृष्ण देवकोटा बिदा भएका छन् ।
करिब ११ महिना ईलाका प्रहरी कार्यालय सबैलामा रहँदा इन्स्पेक्टर देवकोटाले दर्जनौं फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएका छन् भने सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणमा कडा भूमिका निर्वाह गरेका छन् ।
सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणको लागि थप प्रहरी खटाएर अवैद्य तस्करी नियन्त्रण गरेका इन्स्पेक्टर देवकोटाले आफ्नो कार्यकालमा विवादरहित बनाए ।
उनले आफ्नो कमान्डमा २० लाख बराबर स्रोत नखुलेको नगद सहित मानिस पक्राउ गरि सम्पत्ति शुद्धिकरण विभाग पठाए । घरेलु मदिरा उत्पादन र बिक्री वितरण नियन्त्रण गरि नष्ट गरे । कमला खोलामा भईरहेको अवैध उत्खनन तथा दोहन रोक्न भूमिका गरे । समुदाय प्रहरी साझेदारी कार्यक्रम सबैला नगरपालिका १३ वटा वार्ड र गणेशमान चारनाथ नगरपालिका ९, १०, ११ र शहिदनगर नगरपालिका १ वार्डमा सञ्चालन गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया