काठमाडौं । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुको डेन्टलसम्बन्धी कुनै पनि उपचार गर्दा लाग्ने खर्चको लागि गुह्येश्वरी डेन्टल मल्टिस्यििालिटी एण्ड इम्प्लान्ट हवसंग सम्झौंता भएको छ ।
यही भदौ एक गते भएको उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र गुह्येश्वरी डेन्टल मल्टिस्यििालिटी एण्ड इम्प्लान्ट हव प्रा.लिका तर्फबाट संचालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका हुन ।
क्यापिटलका ग्राहकहरुले गुह्येश्वरी डेन्टल मल्टिलिटी एण्ड इम्प्लान्ट हव प्रा.लि सेवा लिदाँ १५ प्रतिशत छुट पाउन सक्छन् । यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारी सहित हितग्राही खाता नम्बर उक्त डेन्टललाई उपलब्ध गराउनु पर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट १ वर्ष सम्म लिन सक्नेछन् ।
ललितपुर, पुलचोकमा रहेको गुह्येश्वरी डेन्टल मल्टिलिटी एण्ड इम्प्लान्ट हव प्रा.लि अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ । यस डेन्टलबाट ग्राहकहरुले डेन्टल चेकअप, डेन्टल फिलिङ्ग, तिथ ब्लीचिंग, डेन्टल एक्सट्राक्सन, तथा अन्यसेवा लिन सकिने क्यापिटलले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया