काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सदनको अवरोध हटाउने कुरामा प्रतिपक्ष र सरकार दुबै पक्ष लचिलो भएको बताएका छन् ।
आईतबार संसद अवरोध हटाउन बसेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुसंगको बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै उनले दुवै पक्ष सकारात्मक देखिएको बताए ।
‘अहिले प्रमुख प्रतिपक्ष पनि लचिलो भएको छ । सरकार पनि लचिलो भएको छ । र हामीले दुवै पक्षलाई संसदको अवरोध समाप्त गर्ने दिशातर्फ पहल गरेका छौं ।’
उनले सुन प्रकरणको विषयमा अहिले भईरहेको अनुसन्धानलाई पनि प्रभावित नगर्ने र प्रतिपक्षको मागलाई पनि सम्बोधन गर्ने खालको कुरा भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया