संसद चलाउन सरकार गम्भीर देखिएन : सचेतक बर्तौला

लोकपथ
21
Shares

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले संसद चलोस भन्ने नचाहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठक सूचना टाँसेर स्थगित गरिएपछि सञ्चारकर्मीसंग कुरा गर्दै उनले सदन चलाउने कुरामा सरकार चुकेको तर्क गरे ।

संसद चलाउने विषयप्रति सरकार गम्भीर हुनुपर्छ तर सरकार गम्भीर नदेखिएको उनको भनाई छ । उनले सदनमा सांसदले उठाएको प्रश्न प्रति सरकार जिम्मेवार नभएको बताए ।

सदन अवरोध नभए पनि सांसदले उठाएका कुराहरु सरकारले नसुनेको उनको टिप्पणी छ । ‘सदन अवरोध नभए पनि सांसदले उठाएको कुरा सुनुवाई भएको छैन् । अवरोध हुन नहुनुको कुनै पनि मतलव नभएको जस्तो परिस्थतिका संसद पुगेको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?