बालेनविरुद्ध सडक व्यापारीहरुले गरे विरोध प्रदर्शन (फोटोफिचर)

लोकपथ
65
Shares

काठमाडौं । सडक व्यापारीहरुले काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

आइतबार दिउँसो बालेनको निर्णयले आफूहरुलाई असर गरेको भन्दै बालेनको विरोध भएको हो ।

काठमाडौंको प्रदर्शनी मार्गमा सडकपेटीमा व्यापार गरिरहेकाहरुले शहर सबैका लागि की धनीहरुका लागि ?, ठूला तस्करहरुलाई चैन, गरीबलाई ऐन, हाम्रो चिनारी, क्रुरता की करुणा?, बालेन–सुनिता तिमीहरुलाई मत र साथ दिनु के गल्ती नै थियो ?’ भन्दै प्रदर्शन भएको हो ।

बालेनको निर्णयले आफूहरुलाई असर पर्दा पनि भेट्न नखोजेको भन्दै ‘के तपाईंले हामीलाई भेट्न मिल्दैन ?’ लगायत लेखिएको पम्पलेट बोकेर प्रदर्शन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?