सिटिजन्स क्यापिटल र ठूलो खोला हाईड्रोपावरबीच सम्झौंता

लोकपथ
104
Shares

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाईड्रोपावर लिमिटेडबीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा ठूलो खोला हाईड्रोपावर लिमिटेडका तर्फबाट संचालक स्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलो खोला हाईड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशन गर्नेछ । ठूलो खोला हाईड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना “माथिल्लो ठूलाखोला–ए जलविद्युत आयोजना” म्याग्दी जिल्लामा अवस्थित रहेको छ र सो योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?