संसद खुलाउन प्रयास भइरहेको छ : सभामुख घिमिरे

लोकपथ
63
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देव राज घिमिरेले संसद खुलाउन आफूले सक्दो प्रयास गरिरहेको बताएका छन् ।

आईतबार मुख्य दलका प्रमुख सचेतक तथा सचेतकहरुसंग छलफल गरेपछि सभामखु घिमिरेले आफ्नो तर्फबाट सदन खुलाउन सक्दो प्रयास गरेपनि दलका नेताहरु गम्भीर नभएको गुनासो गरे ।

‘समस्याको समाधान गर्नको लागि दलहरुले वातावरण बनाउनु पर्छ, दलहरुले छलफल गर्नु पर्छ । दलहरुले सहमति खोज्नु पर्छ । दलहरुले निकास दिनुपर्छ । दलहरुले निकास दिनुस् भन्नको लागि मेरो त सक्दो कोसिस गरिराख्या छु ।’ उनले भने ।

सहमति गर चलाउन भनेर बारम्बार अनुरोध गर्दा पनि सदन चल्न नदिएको भन्दै उने आक्रोश पोखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?