काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) को विरुद्ध प्रदर्शन भएको छ ।
सडकपेटीमा बसेर व्यापार व्यवसाय गरिरहेकाहरुलाई मेयर बालेनको कदमले असर गरेको भन्दै महानगरविरुद्ध प्रदर्शन भएको हो ।
काठमाडौंको प्रदर्शनी मार्गमा सडकपेटीमा व्यापार गरिरहेकाहरुले शहर सबैका लागि की धनीहरुका लागि ?, ठूला तस्करहरुलाई चैन, गरीबलाई ऐन, हाम्रो चिनारी, क्रुरता की करुणा?, बालेन–सुनिता तिमीहरुलाई मत र साथ दिनु के गल्ती नै थियो ?’ भन्दै प्रदर्शन भएको हो ।
बालेनको निर्णयले आफूहरुलाई असर पर्दा पनि भेट्न नखोजेको भन्दै ‘के तपाईंले हामीलाई भेट्न मिल्दैन ?’ लगायत लेखिएको पम्पलेट बोकेर प्रदर्शन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया