समाजवादी मोर्चाको बैठक : यी ७ विषयमाथि बोल्न पाइने

लोकपथ
35
Shares

काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दैछ ।

गत असार ८ गते घोषणा भएको मोर्चाको आज औपचारिक रुपमा बैठक बस्न लागेको हो ।

आजको बैठकमा बोल्नका लागि विभिन्न ७ वटा विषयहरु छुट्याइएको छ ।

जसमा वर्तमान राष्ट्रिय परिस्थिति, संगठन सुुदृढीकरणको रिपोटिङ, पार्टीको शैद्धान्तिक वैचारिक सवाल, पार्टीको संगठनात्मक अवस्था, पार्टीको आन्तरिक समस्या रहेका छन् । त्यस्तै आगामी कार्ययोजना जसमा संगठनात्मक अभियान र महाधिवेशन रहेको छ भने नेतृत्वलाई सुुझाव समेत बोल्ने विषयमा राखिएको छ ।

सरकारको नेतृत्व गर्दै आएको माओवादी केन्द्रसहित चार राजनीतिक दल सहभागि रहेको समाजवादी मोर्चाले सात प्रदेशमा सन्देश सभाको आयोजना गर्न समेत लागिएको छ ।

सन्देश सभाको स्थान र मिति तय गर्न आज साझा ६ बजे नेकपा एकीकृत समाजवादी ९नेकपा एस०को केन्द्रीय कार्यालयमा समाजवादी मोर्चाको बैठक बोलाइएको हो ।

सत्ता साझेदार माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एस चन्द नेतृत्वको माओवादी चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आइतबार साँझ छ बजेका लागि तय भएको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?