पुनः छ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

लोकपथ
169
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुुनः छ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्ममा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार जारी मिति भदौ ५ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । सो दिन बिक्री हुने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको चार अर्ब २३ करोड ३२ लाख र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैंयाँ बराबरको रहेका छन् ।

यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने बिसं २०८० मंसिर पाँच गते र बिसं २०८१ भदौ चार गते तोकिएका छन् । राष्ट्र बैंकका अनुसार भोलि सोमबार बिक्री गरिने सबै ट्रेजरी बिल पुरानो नविकरण अन्र्तगत रहेको छ ।

राष्ट्र बैंकले यसअघि यही साउन २९ गते पनि २८ दिने अवधिको १० अर्ब, ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैंयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?