काठमाडौं । नेपाल वायुसेवा निगमले यही भदौ २० गते अर्थात ०६ सेप्टेम्वर २०२३ देखि काठमाडौबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान गर्ने गरी आईतबार टिकट बूकिङ्ग खुल्ला गरेको छ ।
उडान तालिका अनुसार काठमाडौं-दमाम-काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना निगमको रहेको छ ।
यात्रुहरुले निगमको कार्यालय वा निगमको वेवसाइटमा लगईन थरी अनलाईन वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिई सहज रुपमा यात्रा गर्न सक्ने छन् । यसबाट यात्रुहरुलाई थप सुविधा पुग्ने निगमले विश्वास निगमले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया