काठमाडौं । काठमाडौंको ढुंगेधारामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बालाजुबाट कलंकीतर्फ गइरहेको ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेशना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश-०२ ०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक रामकुमार भारती र पछाडि सवार सिन्धुपाल्चोकको साँगाचोकगढी-३ कीअनिता थापामगरको मृत्यु भएको हो ।
दुर्घटनामा अनिताकी छोरी अनिसा घाइते भएकी छन् । उनको स्वयम्भुस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया