काठमाडौं । बुधवार बिहान पक्राउ परेका आफ्नो कार्यकर्तालाई तत्काल रिहा गर्न विवेकशील साझाले माग गरेको छ ।
अख्तियार रुपयोग अनुसन्धान आयोग बाहिर धर्ना दिन गएका विवेकशील साझाका कार्यकर्तालाई प्रहरी पक्राउ गरेको थियो ।
अख्तियारलाई सघाउने र भ्रष्टाचारको विरोधमा प्रदर्शन गर्ने क्रममा उनीहरुलाई प्रहरीले धरपकड तथा पक्राउ गरेको प्रति साझा पार्टी घोर भत्सर्ना गरेको छ ।
“अख्तियार सानो माछामात्र होइन, ठूलो पनि समाउ” भन्दै सांकेतिकरूपमा ठूलो माछा बनाएर प्रदर्शन गर्नेहरूमध्ये पार्टीका ३० जनाभन्दा बढी प्रदर्शनकारीहरू गिरफ्तार गरिएका छन् । सो प्रतिकात्मक माछामा “वाइडबडी काण्ड, सुन काण्ड, एनसेल काण्ड, फोरजी काण्ड, स्वीस काण्ड” आदि लेखिएको थियो ।’
“हामी ट्र्याफिक अवरोध गर्दैनौं, लाइनबाट जान्छौं“ भन्दाभन्दै प्रदर्शनकारीहरूलाई गिरफ्तार गरिएको थियो । गिरफ्तार हुनेमा पार्टीकी प्रदेश ३ संयोजक समिक्षा बास्कोटा, केन्द्रीय सदस्य मानवी पौडेल, काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठ र ललितपुर जिल्ला संयोजक उज्वलकृष्ण श्रेष्ठ पनि छन् ।
गिरफ्तार परेका उनीहरूलाई तुरून्तै रिहा गर्न विवेकशील साझा पार्टीले माग गरेको छ ।
शान्तिपूर्ण ढङ्गबाट गरिएको प्रदर्शन समेत दबाउन खोज्नुले यो सरकार तानाशाही बन्दै गइरहेको छ भनि आम रूपमा गरिन थालेको टिप्पणीलाई पुष्टी गरेको छ। साथै, विवेकशील साझाले सरकारको यस्तो रवैयालाई शान्ति भन्दा हिंसा र सदाचारभन्दा भ्रष्टाचार बुझ्ने नेतृत्वको रूपमा लिएको छ।
विवेकशील साझा पार्टीको भष्टाचार विरोधी अभियानको यो शुरूवात मात्र हो। आउँदो मंगलबार, फागुन १४ गते विहान ११ बजे विवेकशील साझा पार्टीले अख्तियारको अगाडि पुन शान्तपूर्ण प्रदर्शन गर्दै अख्तियारका प्रमुख आयुक्तलाई ज्ञापनपत्र बुझाउने र सोही समयमा देशका अन्य भागमा पनि मूला नारा “सानो माछामात्र होइन, ठूलो पनि समाउ” सहित भ्रष्टाचार विरोधी प्रदर्शनहरू गर्नेछ ।
देशलाई भ्रष्टाचारले ध्वस्त पारेको अवस्थामा भ्रष्टाचार विरोधी अभियानमा साथ दिन विवेकशील साझा पार्टी सबै नागरिकहरूलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया