यूएईमा अलपत्र नेपालीलाई एनआरएनएले उद्दार गरेर नेपाल फर्कायो

लोकपथ
0
Shares

काठमाडौँ । यूएईमा अलपत्र परेका एक नेपालीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उद्दार गरेर नेपाल फर्काएको छ ।

बोक्रे ५ छत्र जोरपाटी धनकुटाका कमल बहादुर घिमिरेलाई उद्दार गरेर एनआरएनए यूएईले स्वदेश पठाएको हो ।
उनले १८ महिनाअघि जागिर चेन्ज गर्ने क्रममा नयाँ कम्पनीले अफर लेटर दिएपछि पुरानो कम्पनीमा राजिनामा दिएका थिए ।
तर नयाँ कम्पनीले भिषा नदिएसम्म कम्पनी छोड्न नमिल्ने भन्दै भिषा क्यान्सिलेसन र पासपोर्ट नदिएरब्याकलिस्ट हालिदिएपछि उनी बेरोजगार भै समस्यामा परेका थिए ।

हालै उनले खानबस्नको समेत समस्या परेकाले नेपाल पठाइदिन अनुरोध गरेपछि आवश्यक व्यवस्था मिलाइएको एनआरएनए यूएईका उपाध्यक्ष तथा राहत उद्वार समिति संयोजक भिम मल्ल ठकुरीले जानकारी दिए ।

उनको पासपोर्ट लस्टको पुलिस रिपोर्ट तयार गर्नुका साथै नेपाली राजदूताबासबाट ट्राभल डकुमेन्ट बनाएर आइतबार बिहान हिमालयन एयरलाईन्सबाट नेपाल फर्काउने व्यवस्था गरेको उनको भनाइ छ ।
घिमिरेलाई नेपाल पठाउने प्रकृयामा लागेको सम्पूर्ण खर्च एनआरएनए यूएईले बेहोरेको प्रवक्ता रुद्र थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?