प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दुई बजे बस्दैछ ।

आज बस्ने बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सभामा उत्पत्ति भएको “भुक्तानी तथा फस्यौट विधेयक, २०७५” को सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी दिने संघीय संसदको सचिवालयले जनाएको छ । 

“सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने सञ्चार तथा सूचना प्रविधि मन्त्री  गोकुलप्रसाद बास्कोटाले “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५” पेश गर्न कार्यतालिका रहेको छ । 

अहिले राष्ट्रिय सभाको बैठक जारी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?