नेपालकै पहिलो फूड रियालिटी शो ‘सेफ नेपाल’ भाद्र १५ देखि प्रसारण हुने

लोकपथ
63
Shares

काठमाडौं । नेपालकै पहिलो फूड रियालिटी शो ‘सेफ नेपाल’ यही भदौ १५ गतेदेखि प्रसारणमा आउने भएको छ ।

सेफ नेपालले शुक्रबार एक कार्यक्रमकाबीच उक्ता शोको प्रोमो सार्वंजनिक गर्दै रियालिटी शो भाद्र १५ देखि प्रसारण हुने जानकारी दिएको हो ।

कात्तिक तेस्रो सातादेखि छायांकन सुरु भएको उक्त शोमा ८० जना प्रतिस्पर्धीले भाग लिएका थिए ।

नेपालमा पाक कलासम्बन्धी पहिलो टेलिभिजन रियालिटी शो गर्न लागिएको हो जुन कान्तिपुर टिभिबाट भाद्र १५ देखी १८ सातासम्म बेलुकी ९ः०० बजे प्रसारण हुनेछ । विजेतालाई २५ लाख पुरस्कार र सेफ नेपालको प्रमाणपत्र दिइनेछ ।

नायिका प्रियंका कार्की कार्यकारी निर्माता रहेको सेफ नेपालमा मास्टर जज सन्तोष साह, सेफद्वय गणेशबहादुर ढकाल र लक्ष्मणप्रसाद भण्डारी निर्णायकको भूमिकामा छन् ।

जज सन्तोष साहले नेपालमा सेफलाई पहिले देखीनै निकै नै होच्याउने भएकाले उक्त शोले सेफको पेशाप्रति ईज्जत बढ्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘नेपालमा सेफलाई पहिले देखीनै निकैनै होच्याउने र तल देखाउँने पेशा भनेर बुझिन्छ । सेफ नेपालको यो शोबाट यसमा सहभागी भई विजय हुने र टप १० मा पर्नेबाट यो पेशाको सम्मान बढ्ने छ भन्ने आशा छ ।’

साथै, उनले नेपाल खानामा निकै धनि भएको बताउँदै शो मार्फत नेपाली फूडलाई धेरै माथिसम्म लान सकिने बताए ।
उनले भने, ‘यो शो मार्फत नेपाली फूडलाई धेरै माथिसम्म लान सकिन्छ भन्ने ठूलो आशा छ । यो शोमा देशका बिभिन्न फरक ठाउँबाट फरक फरक किसिमको खाना खुवाउँनु भएको छ त्यो देखेर सँच्चीकै हाम्रो नेपाल खानामा निकै धनि छ भन्ने अनुभव भयो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?