काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ईतिहासप्रति पूर्वाग्रही रहेको आरोप लगाएका छन् ।
शनिवार काठमाडौंमा आयोजित निरोज कट्टेलको २०८० झापा विद्रोहको अन्तरकथा विमोचन कार्यक्रममा उनले ओलीले माओवादी जनआन्दोलको विषयलाई लिएर मिल्दा महान र नमिल्दन हत्यारा र आतङककारी भन्ने गरेको भन्दै उनी उनी ईतिहासप्रति पूर्वाग्रही रहेको आरोप लगाएका हुन् ।
उनले भने, ‘फर्केर हेर्दा राजनीनिक नेतृत्वमा कमरेड ओलीले ईतिहासको बारेमा जसरी बोल्छन् । माओवादीको जन आन्दोलनबारे जसरी बोल्छन् । राज्यले त्यसलाई ईतिहासलाई अझै अगाडी लैजान्छौं भनेर सहमति भएर अगाडि बढेको घट्नालाई आज फर्केर हेर्दा जतिबेला मिलिन्छ त्यतिबेला यो महान कुरा भन्ने जति बेला मिलिदैैंन त्यत्तिबेला यो हत्यारा अतङककारी भन्ने? राजनीतिमा ईतिहासप्रति यो डर लाग्दो र घृणास्पद कुरा छ ।’
उनले आजको युग ईतिहासको भन्दा पनि अझ राम्रो, महान र नयाँ क्रान्तिको पर्खाइमा रहेको तर्क गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया