चिडियाखानामा शैक्षिक केन्द्र स्थापना हुने, इन्भेष्टमेन्ट बैंकद्वारा ५० लाख सहयोग

काठमाडौं । चिडियाखानामा शैक्षिक श्रव्यदृष्य केन्द्र स्थापना हुने भएको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकले चिडियाखानामा शैक्षिक श्रव्यदृष्य केन्द्र स्थापना गर्न सहयोग गर्ने भएको हो । बैंकले प्राकृतिक संरक्षण कोषलाई ‘फिल्ड मार्शल सर जोन च्यापल शैक्षिक केन्द्र’ स्थापना गर्न ५० लाख रुपैयाँ सहयोग गर्न लागेको हो । 

चिडियाखानामा संरक्षण र सार्वजनिक शिक्षा, विशेषतः युवा पिढीका लागि सूचना केन्द्रको आवश्यकता रहेको भन्दै बैंकले सहयोग गर्न लागेको हो । 

चिडियाखानाले अन्तक्र्रियात्मक सञ्चार विधि ‘इन्ट्रयाक्टिभ मिडिया’, श्रव्य–दृष्य प्रणाली, जैविक तथ्यहरू ‘बायो फ्याक्ट्स’, संरक्षित आखेटोपहार ‘नमुनाहरू’ लगायतका विधिमा परिस्कृत गर्दै लाने जनाएको छ ।

मंगलवार मात्रै जावालाखेल स्थित चिडियाखानामा ‘फिल्ड मार्शल सर जोन च्यापल शैक्षिक केन्द्र’को उद्घाटन भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?