हृदयघातको कारण सशस्त्रका एसपी थपलियाको निधन

लोकपथ
533
Shares

काठमाडौं। सशस्त्र प्रहरी बल(एपीएफ)का एसपी सुमन थपलियाको निधन भएको छ।

आज (शनिबार) १३ नम्बर गण पर्साका प्रमुख थपलिया अचानक ढलेका थिए । तत्कालै अस्पताल पुर्‍याइएका उनको दिउँसो १ बजे मृत घोषणा गरिएको एपीएफ मुख्यालयले जनाएको छ।

उनी आज (शनिबार) बिहान ११:०५मा साइकलिङ गरेर कार्यालयमा पुगेका थिए।

थपलियाले २०६० सालमा इन्सपेक्टरबाट सरकारी सेवा सुरु गरेका थिए। हृदयघातको कारण निधन भएको मुख्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?