अनेसास नेपाली भाषा,साहित्य,संगीत र सँस्कृतिको विश्व प्रसारक बन्यो : डा. त्रिपाठी

लोकपथ
35
Shares

काठमाडौं । नेपाली साहित्य क्षेत्रका बौद्धिक समालोचक डा= बासुदेव त्रिपाठीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास नेपाली भाषा,साहित्य,संगीत र सँस्कृतिको विश्व प्रसारकको रुपमा रहेको बताएका छन् ।

शनिबार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासको नेपाल च्याप्टरको चौथो अधिवेशनलाई सम्बोधन गर्दै समालोचक त्रिपाठीले स्थापनाकालबाटै नेपाली भाषा र साहित्यको विकासमा अनेसासले  योगदान दिदै आएको बताए । उनले नेपाली कला साहित्यको विकास र विस्तारका लागि अनेसासले विश्व प्रसारकको भूमिकामा लागिपरेको उल्लेख गरे ।

उनले भने, ‘वितेको एक शताब्दीमा नेपाली भाषा अन्तर्राष्ट्रिय भाषाको रुपमा विश्वमा प्रतिष्ठित भैरहेको ÷हुँदो छ । एउटा परिवेशमा गौरवमय भाषाको रुपमा नेपाली भाषा,नेपाली साहित्य,संगीत,कला र सँस्कृतिको विश्व प्रसारक बनिरहेको छ । आजभन्दा तीन दशक अगाडि अन्तर्राष्ट्रिय साहित्य समाजको स्थापना दार्जिलिङमा भयो । र त्यो अनेसासको स्थापना विश्वव्यापी आयात भएको सिद्ध भयो । अनेसासको तीन दशको अवधिमा जसरी नेपालीहरु विश्वका डेडसय राष्ट्रका हाराहारीमा,नेपाली सभ्यता विस्तारै प्रसार भैरहेको छ ,त्यो क्रममा अनेसासले विश्वव्यापी रुपमा छरिएको ,प्रसारित भैरहेको नेपाली जाति,समुदाय र नेपाली सभ्यतालाई परस्परमा आवद्ध गर्ने,प्रवद्र्धन गर्ने,सम्वाद बढाउने र एक अर्काको बीचमा तादाम्यता बढाउने तथा मनको मिलन गराउने काम गरेको छ । दक्षिण एसियाली उत्कृष्ट सभ्यता बोकेको धरोहको रुपमा चिनाउँन नेपाली भाषा साहित्य, कला र संस्कृतिलाई युरोप अमेरिका लगायत विश्वका विभिन्न भागमा विस्तार गर्दै विस्तारै बढाउँदै लगेको छ । र नेपाली जाति विश्वको एउटा सुसभ्य सभ्यता बोकेको जातिको रुपमा चिनिदै छ ।’

यस्तै त्रिपाठीले वैश्विक र भुमण्डलीक आयामलाई एउटा मूर्त रुप दिनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको भूमिका रहेको बताए । कार्यक्रममा नेपाली साहित्य,संगीत र भाषाको क्षेत्रमा योगदान पु¥याएका श्रष्ठालाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?