सगुनले गर्न सक्ला पत्यार नलाग्ने यस्ताे अाविस्कार ?

काठमाडौँ, ९ कात्तिक – मोवाइल एप्सबाट तपाईंको सेल फोन चार्जिङ गर्न सम्भव होला ? असम्भव के छ र ? एप्पलले वायरलेस चार्जिङ प्रविधि भित्र्याइसकेको छ । विज्ञानले कतिपय अपत्यारिला आविस्कार गरिसकेको छ । यदि एपबाटै मोवाइल चार्ज गर्न सकियो भने प्रविधिका क्षेत्रमा क्रान्ति आउने धेरैको आंकलन छ यस्तो प्रविधिको अनुसन्धानमा जुटेको छ नेपालीले अमेरिकामा स्थापना गरेको सोसियल इकमर्स कम्पनी सगुन । विश्व बजारमा मिनी आइपिओ जारी गरेर चर्चामा आएको सगुनको नयाँ दिल्लीस्थित कार्यालयमा रहेका आइटी इन्जिनियरहरु यतिखेर भारतकै प्रतिष्ठित इन्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) विश्वविद्यालयसँग सहकार्य गर्दै मोवाइल चार्ज गर्ने एप डेभलपमेन्ट रिसर्चमा जुटेको छ यो परियोजनाका मास्टरमाइन्ड हुन् कुनै समय अमेरिकाको सरकारी सुरक्षा निकाय पेन्टागनमा सिस्टम इन्जिनियरका रुपमा काम गरेका नेपाली गोविन्द गिरी । सगुनका संस्थापक गोविन्द गिरीले अमेरिकाको पेन्टागनमा १२ बर्ष सिस्टम इन्जिनियरका रुपमा काम गरे । संखुवासभा आँखिभुँइमा जन्मेहुर्केका गिरी सगुनलाई विश्व बजारमा फरक खालको सामाजिक संजालका रुपमा स्थापना गर्ने परियोजनाको नेतृत्व गरिरहेका छन् एप मार्फत स्वत चार्ज हुने एपका बारेमा तपाइलाई स्थलगत जानकारी गराउनका लागि दक्षिण एशियाली बजारलाई लक्षित गरेर दिल्लीमा स्थापना गरिएको सगुनको कार्यालयमा लैजादै छौ । यही कार्यालयबाट सगुनको एप्स निर्माण भैरहेको छ । त्यसैगरी आइआइटी नयाँ दिल्लीकोको सहकार्यमा ब्याट्री रिचार्ज एप्स तथा सोसिएल स्मार्ट कार्डको विकासमा समेत आइटी इन्जिनियर मेहनतका साथ खटिइरहेका छन् सगुनकी सहसंस्थापक स्वाती दयाल त्यहाँस्थित कार्यालयको नेतृत्व गरिरहेकी छिन् । सगुनका दिल्लीस्थित कार्यालयमा केही नेपालीहरु काम गरिरकेका छन् । तिनैमध्येका हुन् महोत्तरीका ओम श्रेष्ठ, पोखराका रोशन पौडेल, अभिलाषा दर्नाललगायत । एउटा आम नेपालीले विश्व बजारमा तरंग ल्याउने सपनालाई साकार पार्न उनीहरु दिनरात खटिएका छन् नेपाली लगानीकर्ता संस्थापक रहेको पहिलो कम्पनीले आफ्ना महत्वाकांक्षी योजना कार्यान्वयन गर्न भारतको सरकारी निकायसँग सहकार्यको हात अगाडि बढाएको छ । प्राबिधिक जनशक्ति उत्पादनमा कहलिएको इण्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) ले सगुनसँग सहकार्य गर्दैछ । उनीहरुले प्रविधिको क्षेत्रमा विकास र अनुसन्धान गर्न पाँचबर्षे कार्ययोजनामा सम्झौता गरिसकेका छन् । ब्याट्री रिचार्ज गर्ने सगुनको परियोजनामा आइआइटीले सगुनलाई जनशक्ति, आर्थिक र प्राविधिक रुपमा सघाउने सहमतिपत्रमा उल्लेख छ आइआइटी जनशक्ति उत्पादनमा संसारमै नाम कमाएको प्रतिष्ठान हो । गुगल, माइक्रोसफ्टलगायतका कम्पनीको नेतृत्व यही संस्थाबाट उत्पादित जनशक्तिले गरिहेका छन् । यी दुबैमा अहिलेका सिइओ आइआइटीकै उत्पादन हुन् आइआइटीका प्रोफेसर डा. निलाद्री चटर्र्जी सगुनले अनुसन्धान गरिहेका परियोजनाले विश्व बजारलाई राम्रैगरी प्रभाव पार्ने बताउँछन् । उनी सगुनले अगाडि सारेका ब्याट्री रिचार्ज लगायतका परियोजनालाई सफल बनाउन आफ्नो संस्थाले प्राथमिकता दिएर सहकार्य गरेको बताउँछन् । उनका अनुसार आगामी ५ बर्ष सगुनसँग आइआइटीको सहकार्य हुने सम्झौता भइसकेको छ । सगुनका संस्थापन गिरीले यहाँको राजनीतिक नेतृत्व, प्रशासनिक अधिकारीहरु, सूचना प्रविधिको विकासमा सक्रिय सरकारी निकायको नेतृत्व तहमा रहेका अधिकारीहरुलाई भेटेर विश्वासमा लिइसकेका छन् । ती निकायका प्रतिनिधिले सघाउने आस्वासन दिएको गिरी बताउँछन् सरकारकै मातहतको आइआइटीले सगुनसँग सहकार्यको हात अगाडि बढाएपछि भारतमा सगुनको प्रभाव बलियो बन्दै गएको छ । केही समययता भारत सरकारका उच्च अधिकारी, मन्त्रीलगायतले सगुनका कार्यक्रममा सहभागिता जनाइसकेका छन् सगुनका भारतबाहेक नेपाल र अमेरिकामा कार्यालय छन् । सगुनको भारतस्थित कार्यालय भने आइआइटीबाट उत्पादित जनशक्तिलाई लिएर मोवाइल एप, रिचार्ज परियोजना, वेव प्लेटफर्म डेभलपमा केन्द्रीत भएको छ । सगुनमा आफ्नो भविष्य देखेर गुगल, पेटिएमलगायतका आइटी जाइन्ट कम्पनीको जागिर छाडेर सगुन आइटि इन्जिनियरहरु सगुनमा आउन थालेका छन् मोवाइल एपबाटै ब्याट्री रिचार्ज गर्न सम्भव भएको पललाई एक छिन आँखा चिम्लिएर कल्पना गर्नुस् त ? विश्वका आधा जनसंख्याले मोवाइल फोन प्रयोग गर्ने एक अनुसन्धानले देखाएको छ । उनीहरु मोवाइल फोन त बोक्छन्, भनेको बेला रिचार्ज गर्न नपाएर निकै सास्ती खेप्छन् । नेपालजस्तो लोडसेडिङले सताउने मुलुकमा झन् मोवाइल प्रयोगकर्ताको कति टाउको दुखिरहेको छ, भुक्तभोगीहरुलाई सोध्नुपर्छ । यदि सगुनले यस्तो एप विकास गर्न सक्यो भने विश्व बजारमा यसले तरंग ल्याउने सहजै अनुमान गर्न सकिन्छ एपबाट ब्याट्री चार्ज गर्ने परिकपना आफैमा अनौठो हो । त्यसलाई साकार गर्न सक्ने दरिलो आधार प्रस्तुत गरे विश्वका लगानीकर्ता आफ्नो अर्बौं डलर खन्याउन तयार देखिएको सगुनका संस्थापक गिरीको राम्रै जानकारीमा छ । यद्यपि उनी त्यस्तो काम नेपालीले आफ्नै स्रोत र साधनमा गर्न सकियोस् भनेर लागेका छन् । उनी अहिले सगुनको विश्वभर मिनी आइपिओ जारी गरेर जुट्ने रकम त्यस्तै फरक खालका, संसारलाई प्रभावित गर्ने र आम जीवनमा अत्यन्त उपयोगी प्रविधिको विकासमा लागेका छन् सगुनलाई अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी)ले ‘जब्स एक्ट’ अनुसार गत बर्ष मिनि आइपीओ निस्कासन गर्ने अनुमति दिएको थियो । मिनि आइपीओ भोलि राम्रो प्रगति गर्ने सम्भावना भएका कम्पनीलाई विकासको चरणमा आवश्यक पर्ने रकम जुटाउन सेयर निस्कासन गर्न दिइने अनुमति हो । यसमा थोरै आम्दानी भएका ब्यक्तिहरुले समेत लगानी गर्ने अबसर पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?