विवाद बढ्न थालेपछि वडाले भन्यो– ‘अरुको खेतमा घास नकाट्नु’

लोकपथ
245
Shares

काठमाडौं । अर्काको खेतबारीमा घाँस काटेको विषयमा विवाद हुन थालेपछि कैलालीको घोडाघोडी नगरपालिका वडा नं २ सार्वजनिक सूूचना जारी गरेर त्यसो नगर्न आग्रह गरेको छ ।

घाँस काटेको निहुँमा झै–झगडा पर्न थालेपछि वडाध्यक्ष लक्ष्मी प्रसाद चौधरीले विज्ञप्ति जारी गर्दै मालिकको अनुुमतिबिना घाउँ नकाट्न आग्रह गरेका छन् ।

साथै कसैले अरुको खेतबारीमा घाँस काटि विवाद भएको अवस्थामा कारबाही हुने चेतावनी समेत दिएका छन् ।

‘अरुको खेतबारीमा घाँस काट्ने गर्दा वर्षैपिच्छे दिन प्रतिदिन विवाद हुने देखिने भएकोले यसले कुनै पनि बेला ठूलो समस्या निम्त्याउन सक्ने भएको हुँदा कुनै पनि व्यक्तिले आफ्नो खेत बाहेक अरु कसैको खेतबारीमा घाँस काट्दा सम्बन्धित खेतबारीको मालिकबाट अनुुमति बिना नकाट्न नकटाउन यसै सूचनाद्वारा गरिन्छ ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘खेतबारीको घाँस काटिइएको पाइएमा सो सम्बन्धि विवाद भएमा सम्बन्धित व्यक्तिले नियमानुुसार सजायको भागीदार हुने व्यहोरा जानकारी गराइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?