१२ आश्विन २०८०, शुक्रवार

कोशी प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्दै

२०८०,भाद्र,१,शुक्रवार १०:१८

63
Shares

काठमाडौं । कोशी प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि बस्ने भएको छ । साउन १५ गते अर्को सूचना नभएसम्म लागि स्थगित भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको तेस्रो बैठक आज बस्न लागिएको हो ।

आजको बैठकका लागि तीनवटा कार्यसूची निर्धारण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बाबुराम गौतमले सभामुख पदबाट दिएको राजीनामा पत्रको जानकारी गराउने, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद बिस्तार सम्बन्धी पत्र बाचन गर्ने कार्यसूची रहेको छ ।

यस्तै प्रदेश सभा नियमावली, २०७४ को नियम ८१ को उपनियम (१) बमोजिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक बर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अस्वीकृत गर्ने सम्बन्धमा परेको सूचनामा छलफल हुने कार्यसूची पनि रहेको छ ।

प्रकाशित मिति: २०८०,भाद्र,१,शुक्रवार १०:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको छेन्दु पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट आज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको विदेश भ्रमणबारे टिप्पणी गरेका छन् । नेकपा एमाले कोशी प्रदेशको उद्घाटनका

काठमाडौं । उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले, वंशाणुगत रोगहरु नियन्त्रणका लागि पशु चिकित्सकको भूमिका महत्वपूर्ण हुने बताएका छन्

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई दिइएको छ । जसपाको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव

ताजा समाचार

छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड
 २०८०,आश्विन,१२,शुक्रवार १३:५४
नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७