१२ आश्विन २०८०, शुक्रवार

गण्डकी प्रदेशसभा बैठक : बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन माग

२०८०,श्रावण,३२,बिहीवार १६:२४

81
Shares

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकको शून्य समयमा सदस्यले बाढीपहिरोका प्रकोप एवम् विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले कुश्मीसेरादेखि बरेङसम्मको सडकखण्डमा पहिरोका कारण निर्माण सम्पन्न भइसकेका ठाउँमा पनि थप भत्कने गरेको जनाउँदै ती स्थान संरक्षण गर्नुपर्ने देखिएको बताए ।

ती स्थानको संरक्षणका लागि सम्बन्धित कार्यालयमा सम्पर्क गर्दा अहिले अख्तियारी आइनसेका कारण तत्काल मर्मत गर्न नसकिने जानकारी आएको र तत्काल बाधा अड्काउ फुकाऊ गरी गरी उचित प्रबन्ध आवश्यक भएको उनले बताए ।

सदस्य दमयन्ती रुचालले बैंक, वित्तीय संस्था एवम् सहकारीबाट पछिल्ला समयमा व्यवसायी एवम् सर्वसाधारण ऋण असुलीका नाममा मारमा परिरहेको जनाउँदै यसबारे तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन् । अर्का सदस्य बेदबहादुर गुरुङले बाढीपहिरोका कारण प्रदेश सरकारबाट सम्पन्न भएका सडक निर्माण सम्पन्न भएर पनि बिग्रने भत्कने गरेको जनाउँदै तिनीहरूको नियमित संरक्षणका लागि प्रदेश सरकारले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिइन् ।

अर्का सदस्य विन्दु पौडेलले गण्डकी प्रदेश अन्तर्गतका विभिन्न सहकारीबाट जनताको रकम नदिने गरेको गुनासो आएको जनाउँदै सरकारको ध्यानाकर्षण गराइन् । यसैगरी सदस्य सीताकुमारी सुन्दासले बाढीपहिरोबाट प्रभावित भई घर भत्केर घरबारविहीन नागरिकलाई पालिका, प्रदेश र सङ्घबाट एकमुष्ठ रु चार लाख दिने भनेर कार्यविधिसमेत आइसकेका अवस्थामा पीडित व्यक्तिले उक्त सुविधा नपाउने गरेको बताइन् ।

कतिपयले पहिलो किस्ताबापत ७५ हजार पाए पनि निर्माण सम्पन्न भइसक्दा पाउनुपर्ने बाँकी रकम अझै पाउन नसकेको गुनासो आएकोमा उनले सरकारको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति: २०८०,श्रावण,३२,बिहीवार १६:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने

काठमाडौं । कोशी प्रदेश सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।

केही महिनायता कोशी प्रदेशको राजनीतिक ताप बढ्दो क्रममा छ । निर्वाचन भएको १० महिनामै यो प्रदेशले ४ वटा सरकार पाइसक्यो

बुटवल । लुम्बिनी प्रदेश सरकारले वडका अत्तवारीको अवसरमा ३ वटा जिल्लामा आइतबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

ताजा समाचार

छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड
 २०८०,आश्विन,१२,शुक्रवार १३:५४
नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७