काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ) को असन्तुुष्ट पक्षले आज पनि रिले अनशन जारी रहेको छ ।
पार्टी कार्यालयमा सानेपामा आज पनि असन्तुुष्ट पक्षले अनशन जारी राखेको छ ।
बुुधबारबाट शुुरु भएको अनशनमा आज नेविसंघको असन्तुुष्ट पक्षका नेताहरु दिनेश कार्की र निश्चल घिमिरे रहेका छन् । यसअघि बुधबार रामजी बस्नेत र गणेशबहादुर शाह अनसन बसेका थिए ।
आफ्ना मागहरु पूरा नभएसम्म आफूूहरु अनसन नतोड्ने नेविसंघका नेता अशोक सिंह विष्टले लोकपथलाई जानकारी दिए ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघको तदर्थ कमिटीमा एकैपटक ७१० जनालाई मनोनित गरेपछि विवाद देखिएको थियो ।
शेर्पाको मनोनयन अवैधानिक रहेको बताउँदै विधानसम्मत रुपमा नेविसंघको १२औँ महाधिवेशन गर्नुुपर्ने असन्तुुष्ट पक्षको माग रहेको छ । सो सम्बन्धमा असन्तुष्ट पक्षले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ध्यानाकर्षण पत्र बुझाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया