आफ्नै लिङ्ग काटेर अस्पताल पुगेपछि…

लोकपथ
385
Shares

काठमाडौं । आफ्नै लिङ्ग काटेर हेटौँडा अस्पतालमा एक युवक उपचारका लागि पुगेका छन् ।

चितवन घर भएका २२ वर्षीय एक युवक लिङ्ग काटेर अस्पतालमा उपचारका लागि पुुगेका थिए । चितवनका स्थायी बासिन्दा रहेका ती युवक पुुजारीको काम गर्दै आइरहेका थिए ।

हेटौँडा उपमहानगरपालिका वडा नं १० नयाँ बसपार्कस्थित फुुलबारी होटलमा एक रात बसेका थिए । चितवन फर्किन ढिला भएको कारण होटलमा बसेको र राति लिङ्ग काटिएको अवस्थामा अस्पतालमा उपचारका लागि आएको अस्पतालका सूचना अधिकारी राझिव झाले लोकपथलाई जानकारी दिए । झाका अनुसार ती युवक आफैँले भावावेशमा आएर लिङ्ग काटेको चिकित्सकसँग बताएका छन् ।

‘उहाँ लिङ्ग काटिएको अवस्थामा उपचारका लागि आउनुुभएको थिए । उहाँ आफैँले नै काटेको चिकित्सकहरुसँग बताएका छन् ।’ सूचना अधिकारी झाले भने ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई थप उपचारका भरतपुर अस्पतालमा पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?