एमालेले गर्यो लेखा समिति बैठक बहिस्कार

लोकपथ
371
Shares

काठमाडौं । नेतृत्व चयन नगरेको भन्दै नेकपा एमालेले लेखा समितिको बैठक बहिस्कार गरेको छ ।

लामो समयसम्म समितिको समितिको सभापति नतोकिएको भन्दै आजको बैठकमा एमालेबाट प्रतिनिधित्व गर्ने सदस्यहरु नगएका हुन् ।

लेखा समितिका एक सदस्यले लोकपथलाई जानकारी अनुसार आजको बैठकमा एमालेले बहिस्कार गरेसँगै बैठक स्थगित भएको छ ।

यसअघि एमालेका सांसद योगेश भट्टराईले समितिले नेतृत्व चयन गर्न नसकेकोमा आपत्ति जनाउँदै आइरहेका थिए । प्रतिनिधि सभा अन्तर्गतका विभिन्न समितिहरुमा नेतृत्वका लागि भागबण्डा मिले पनि नेतृत्व चयन भने हुन सकेको छैन । जसको कारण जेष्ठ सदस्यले बैठकको अध्यक्षता गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?