कुन बैंकले कति तोक्यो मुद्धती निक्षेपको व्याजदर (सूचीसहित)

लोकपथ
1.8k
Shares

काठमाडौं । सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंकहरु मध्ये १४ वटा बाँणिज्य बैंकहरुले निक्षेपको व्याजदर बढाएका छन् । बाँणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर एशोसिएसनले व्याजदरलाई नियन्त्रणमा राख्न गरेको यसअघिको भद्र सहमती तोडे संगै बैंकहरुले स्वघोषितरुपमा निक्षेपको व्याजदर बढाएका हुन ।

निक्षेपको व्याजदर बढ्दा यसको नकारात्मक असर कर्जाको व्याजमा पर्ने देखिएको छ । पछिल्लो समय निक्षेपको व्याजदर बढाउने बैंकहरुमा कुमारी बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैक, एनआइसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक र नेपाल बैंक रहेका छन् ।

यि बैंकहरुले मुद्धती निक्षेप र साधारण बचतमा खातामा व्याजदर बढाएका हुन । यि बाहेकका एनएमबी बैक, प्राईम कर्मसियल बैंक र स्टान्र्डड चार्टड बैंकहरुले भने निक्षेपको व्याजदर घटाएका छन् ।

बैंकहरुले साउनको लागि साधारण बचतमा चार दशमलव ८५ प्रतिशतदेखि आठ प्रतिशत ब्याजदर तोकेको भएपनि भदौको लागि भने न्यूनतम चार दशमलव ९७ प्रतिशतदेखि आठ प्रतिशतसम्म व्याजदर तोकेका छन् । जसमध्ये एनएमबीले मुद्धती निक्षेपमा आठ दशमलव १० देखि नौं दशमलव ९९ प्रतिशतसम्म व्याजदर तोकेको छ ।

प्राईम कर्मसियल बैंकले १० दशमलव शुन्य पाँच प्रतिशतसम्म व्याजदर तोकेको छ । यसैगरी कुमारी, नेपाल एसबिआई, प्रभु र सिद्धार्थले पनि क्रमशः १० दशमलव ८९, सात दशमलव २०, १० र नौं दशमलव ९९ प्रतिशत व्याजदर तोकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?