एनआईसी एशिया क्यापिटलको सातौंं वार्षिक साधारण सभा सम्पन्न

लोकपथ
65
Shares

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको सातौं वार्षिक साधारण सभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ ।

सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७९-०८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८० आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ४६ प्रतिशत (कर सहित) का दरले हुन आउने नौं करोड २० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभामा क्यापिटलका अध्यक्ष सन्तोष कुमार राठीले क्यापिटलले आ.व. २०७९-०८० मा १० करोड ४२ लाख भन्दा बढी खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी ५२ रुपैंयाँ ११ पैसा कायम गरी संचालनमा रहेका मर्चेण्ट बैंकहरु मध्ये खुद मुनाफा तथा प्रति शेयर आम्दानीको आधारमा पहिलो स्थान हासिल गर्न सफल भएको सभालाई जानकारी गराए । उनले क्यापिटल स्थापना भएको ६ वर्ष ४ महिनाको छोटो अवधिमै हाल संचालनमा रहेका २५ वटा मर्चेन्ट बैंकहरु मध्ये निक्षेप सदस्य सेवा अन्तर्गत ६ लाख ६७ हजार डिम्याट खाता खोली पहिलो स्थान, म्युचुअल फण्ड सेवा अन्तर्गत एउटा खुलामुखी योजना सहित ५ वटा योजना संचालन गरी म्युचुअल फण्डको संख्या तथा व्यवस्थापन गरेको रकमको आधारमा तेश्रो स्थान र लगानी व्यवस्थापन सेवा अन्तर्गत ६६५ जना ग्राहकहरुबाट रु.१ अर्व ८१ करोड भन्दा बढी रकम संकलन गरी तेश्रो स्थान हासिल गर्न सफल भएको व्यहोरा सभालाई जानकारी गराए । साथै क्यापिटलले संचालनमा आएको ६ वर्ष ४ महिनाको अवधिमै आफ्नो शेयरधनीलाई १८७ प्रतिशत रिर्टन वितरण गर्न सफल भएको समेत जानकारी गराए ।

क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पु¥याउन “अव लाईनमा होइन, क्यापिटलको सम्पूर्ण सेवा अनलाईनमा” भन्ने मुल नाराका साथ क्यापिटलसँग आवद्ध ग्राहकहरु तथा क्यापिटलबाट सेवा लिन चाहने ग्राहकहरुलाई प्रविधिको प्रयोग मार्फत क्यापिटलमा उपस्थित नभई मोवाईलबाटै सहज र सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउदै आइरहेको छ ।

साथै आगामी दिनमा क्यापिटलले प्रदान गर्ने सम्पूर्ण सेवाहरुलाई आधुनिक प्रविधिको प्रयोग मार्फत सर्वोत्कृष्ट र उच्च कोटीको सेवा सर्वसुलभ रुपमा ग्राहक माँझ पु¥याउने रणनीति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?