घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
819
Shares

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ११ हजार २ सय रुपैयाँमा कारोवार भएको छापावाल सुनको मूल्य आज ८ सयले घटेर १ लाख १० हजार ४ सय रुपैयाँमा कारोवार भईरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८ सय ५० रुपैयाँ कायम छ । हिजो तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ६ सय ५० रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज तोलामा ५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ कायम रहेको जनाएको छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १ हजार ३ सय ७५ रुपैयाँ कायम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?