सुन तस्करी प्रकरणमा थप ४ जना चिनियाँ नागरिक पक्राउ

लोकपथ
84
Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा थप ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान सीआइबीको टोलीले थप ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले लोकपथलाई जानकारी दिए । उनका अनुसार योसँगै सुन प्रकरणमा पक्राउ हुनेको संख्या २१ पुगेको छ ।

‘काठमाडौंका विभिन्न स्थानबाट ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको हो।’ उनले भने ।

पक्राउ पर्नेहरुमा चिनियाँ नागरिकहरु टीयान मी, वेन तोङ, डीङ सेग्फा र ली–नेङकाई रहेका छन् ।

यसअघि मंगलबार पनि सुन तस्करी प्रकरणमा ३ जनालाई पक्राउ परेका थिए ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट राजस्व अनुसन्धान विभागको टोलीले ठूलो परिणाममा सुन बरामद गरि केही व्यक्तिहरुलाई पक्राउ गरेको थियो । बरामद गरिएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले पगालेर परिणाम निकाल्दा ६० केजी तौल मापन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?