बिदेश छोडेर नेपालमा कालिज ब्यवसाय, एउटाको मुल्य ३ हजार (भिडियो सहित)

पोखरा, ९ कार्तिक – तेइस वर्ष विदेशमा काम गरी स्वदेश फर्केका एक युवाले कालिज पालन व्यवसाय गरेका छन्। पोखरा–लेखनाथ महानगरपालिका–१४ खाल्टेमसिना घर भई बेल्जियममा व्यापार व्यवसाय गरी लामो समय बिताएका पदम अधिकारीले स्वदेशमै केही व्यवसाय गरौँ भन्ने अभिप्रायले कालिज पाल्न थालेको बताएपोखरा लेखनाथ महानगरपालिका–३३ लामगादीमा आफ्ना भान्जा सोमनाथ लामिछानेको २० रोपनी जमिनमा उनले दुई वर्षदेखि रू एक करोडको लगानीमा कालिजका अलवा तित्रासमेत पाल्दै आएका छन्आफू बेल्जियममा रहँदा कालिजको मासु किनेर खाने गरेको र यसको मासु निकै स्वादिष्ट र स्वस्थकर हुने गरेकाले घर फर्केपछि यो व्यवसाय सञ्चालन गर्ने रुचि भएको उनको भनाइ छविसं २०७२ माघबाट शुरु गरिएको सो व्यवसायमा हाल उनले एक हजार २०० वटा कालिज र ४३ वटा तित्रा पालेका छन्। भविष्यमा मृग पनि पाल्ने सोच अधिकारीको छ । अधिकारीले बेल्जियमबाटै एक हजार २०० वटा कालिजको अण्डा सँगै लिएर आएका थिए। तिनै अण्डाबाट चल्ला निकालेपछि कालिज पालेका हुन्। यसको मासु विदेशी पर्यटकले निकै रुचाउने भएकाले खरिद गर्न नेपाली ग्राहक कम्पनीमै आउने गरेको र ५०६० वटा भाले कालिज प्रतिवटा रु तीन हजारका दरले बिक्री गरेको उनले बताए। प्रस्तुत छ यसका संचालक संग कालिज बारे व्यवसाय बारे गरिएको भिडियो कुराकानी https://youtu.be/8qiXN2vtAD4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?