रवि लामिछाने र चिनियाँ राजदूत सोङ्बीच भेटवार्ता

लोकपथ
84
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ । रास्वपाको पार्टी कार्यालय वनस्थलीमा आज (बुधबार) उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटघाटमा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्यद्वय श्री लिमा अधिकारी र श्री प्रतिभा रावल लगायतको सहभागिता रहेको थियो ।

May be an image of 5 people and the Oval Office

भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको थियो । मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयहरूमा छलफल भएको छ ।

सोङले उत्तरी सीमा क्षेत्रमा भएको समस्याप्रति ध्यानाकर्षण भएको र सोको यथासशीघ्र समाधानका पहल गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?