भारतले अमेरिकासँग डेढ अर्ब डलरको तेल किन्ने

एजेन्सी । भारतको इन्डियन आयल कर्पोरेशन ‘आईओसी’ले आगामी आर्थिक वर्षमा अमेरिकासँग डेढ अर्ब डलर बराबरको कच्चा तेल खरिद गर्ने सम्झौता गरेको छ । 

आईओसीले आगामी आर्थिक वर्षमा अमेरिकाबाट ३० लाख टन कच्चा तेल खरिदका लागि सोमवार मात्र सम्झौता गरेको हो । सन् २०१७ बाट अमेरिकी कच्चा तेल आयात शुरु गरेसँगै यो पहिलोपटक कुनै भारतीय प्रशोधन कम्पनीले बार्षिक सम्झौतामा हस्ताक्षर गरेको हो ।

कम्पनीले सन् २०२० को मार्चसम्म प्रतिदिन ६० हजार ब्यारेल तेल आयातका लागि १ अर्ब ५० करोड डलरको सम्झौता गरेको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?