विद्युत लाइन तान्ने क्रममा ट्रकको ठक्करबाट स्थानीयवासीको मृत्यु भएपछि सडक बन्द

लोकपथ
56
Shares

मुगु ।  राष्ट्रिय विद्युत लाइन तान्ने क्रममा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि कर्णाली राजमार्गका नाग्म गमगढी सडक अन्तर्गत सिंजा सडक खण्ड बन्द छ ।  उपचारको क्रममा स्थानीयको मृत्यु भएपछि  सिंजा सडक खण्डको खाडापानीमा मंगलबारदेखि स्थानीयले  सडक  बन्द गरेका हुन् ।

साउन १४ गते कनकासुन्दरी– २ मालिकावोता देउतीमाडुमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय  प्रशारण लाईन तान्ने क्रममा सडकमा रहेको तार ट्रकमा बेरिएर झट्का दिँदा स्थानीय कर्णबहादुर रावत (४१ वर्ष)को मृत्यु भएको थियो

पोलमा तार तान्ने क्रममा ना ५ ख १८८४ नम्बरको मालवाहक ट्रकले सडकमा फिजिएको लाइन नहेरी जबरजस्ती मनपरी ढ्ङ्गले गाडी हाँक्दा दुर्घटना भएको कनकासुन्दरी गाउँपालिकाका  वडा नम्बर २ का समाजसेवी रतन बहादुर रावतले जानकारी दिए ।

ट्रकले विद्युतको पोल ढलाइ मृतक कर्णबहादुर रावतलाई सख्त घाइते बनाएको थियो । घाइतेलाई उपचारको लागि  प्लेन चाटर्ड गरेर भारतको लखनउ पुर्‍याइएको थियो । उपचारको क्रममा रावतको मृत्यू भएको थियो ।

मृतक रावतको पुत्री सहित बालबच्चाको शिक्षा र स्वास्थ्यका लागि ट्रक धनी, ट्रक व्यावसायिक समिति र राष्ट्रिय विद्युत प्राधिकरण अन्तर्गतको दावासिंह जेभीसँग पीडित पक्षसँग छलफल गर्दा कुनै पनि माग सुनुवाइ नभए पछि स्थानीयले सडक बन्द गरेका हुन् । पीडित पक्षले नाग्म गमगढी सडक खण्डको बोताको खाडापानीमा सडक बन्द गरेको र माग पूरा नभएसम्म अनिश्चितका लागि यातायात बन्द गर्ने स्थानीय सविन रावतले जानकारी दिए ।

पीडित पक्षले मृतक कर्णबहादुर रावतका आफन्तलाई क्षतिपूर्ति दिनुपर्ने, मृतकका बालबच्चाको शिक्षा स्वस्थ्य र गाँस बाँसको सुनिश्चितता गर्न र दोषीलाई तत्काल कानूनी कारबाही गर्न माग गर्दै सडक बन्द गरेका हुन् । अहिलेसम्म ट्रक धनी, ट्रक व्यवसायिक समिति र राष्ट्रिय विद्युत प्राधिकरण अन्तर्गतको दावासिंह जेभी कम्पनीले कुनै पनि सुनुवाई नगरेको स्थानीयको गुनासो छ ।

सडक बन्द हुँदा मुगुको सदरमुकाम गमगढी आउने खाद्यान्न,मालवाहक गाडी र यात्रुगाडीहरु रोकिदा सयौं यात्रुहरु अलपत्र परेका छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?