बढ्यो हरियो तरकारीको मूल्य, कुनको कति ?

लोकपथ
299
Shares

काठमाडौं । हरियो तरकारीको मूल्यमा आज घटबढ भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुुधबारका लागि सार्वजनिक गरेको मूल्य सूचीमा च्याउ,करेला,लौका,भटमासकोशा, सानो गोडभेँडा लगायतका हरियो तरकारीमा हिजोको तुलनामा मूल्य बढेको छ ।

सार्वजनिक मूल्य अनुसार हरियो तरकारीमा मंगलबार १० देखि ५० रुपैयाँसम्म घटबढ भएको छ । आज डल्ले च्याउको मूल्य प्रतिकेजी ५० रुपैयाँले बढेर आउँदा भन्टा,घिउ सिमि गाजर लगायतका हरियो तरकारीमा १० रुपैयाँ मूल्य घटेको छ । आज बजारमा तितो करेला,लौका,भटमासकोशा लगायतका तरकारीमा प्रतिकेजी १० रुपैयाँले मूल्य बढेको छ ।

आज बजारमा गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १४० रुपैयाँ तोकिएको छ ।

लोकल सानो गोलभेँडाको मूल्य हिजोको तुलनामा २२ रुपैयाँले बढेर ८२ रुपैयाँ प्रतिकेजी पुगको छ । सोहि गोडभेँडा हिजो प्रतिकेजी ६० रुपैयाँमा किनबेच भएको थियो । रातो आलुको मूल्य स्थिर ५० रुपैयाँ कयम रहँदा भारतीय सुकेको प्याज प्रतिकेजी ५८ रुपैयाँ रहेको छ ।

आज स्थानीय काउलको मूल्य प्रतिकेजी ५० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, कन्य च्याउको मूल्य हिजोको तुलनामा आज स्थिर रहेको छ । च्याउ २०० रुपैयाँ प्रतिकेजीमा पाइने छ । तर,डल्ले च्याउमा भने प्रतिकेजी ५० रुपैयाँले बढेर आज ४०० पुगेको छ ।

गाजरको मूल्य प्रतिकेजी १० रुपैयाँले घटेर आएको छ । आज गाजर प्रतिकेजी ९० रुपैयाँ तोकिएको छ । घिउ सिमी लोकल ८०, भन्टा लाम्चो ५०, मकै बोडी ६०, भटमासकोशा १०० रुपैयाँ तोकिएको छ । तितो करेला ५०, लौका ६०, परवल ६०, घिरौला ३०, फर्सी पाकेको ५०, काँक्रो लोकल ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ ।

त्यस्तै, केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य हिजोको तुलनामा स्थिर प्रतिकेजी ३५० नै रहेको छ । कागती १२०, अनार प्रतिकेजी ३० रुपैयाँले घटेर आज ३२० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । साथै,तरबुजा हरियो ६०, मौसम १२०,कालो अंगुर ४०० र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?