काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।
केहीबेरअघि राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको परीक्षाको नतिजा सार्वजनिक भएको हो ।
परीक्षामा देशभरका १ हजार ४५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए। बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए।
कसरी हेर्ने नतिजा ?
राष्ट्रिय परीक्षा बोर्डले आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न माध्ययमबाट नतिजा हेर्न सकिनेछ ।
नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ।
त्यस्तै नेपाल टेलिकमको सिममार्फत एसएमएस गरेर पनि नतिजा हेर्न सकिने छ। त्यसका लागि NEB लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया