१३ आश्विन २०८०, शनिवार

पशुपति र सुशिलाको ‘एक नजर लाइदेउन माया’ बोलको तीज गीत बजारमा (भिडियाेसहित)

२०८०,श्रावण,३०,मंगलवार १८:०४

1.467k
Shares

काठमाडौं । गायक पशुपति शर्मा र गायिका सुशिला गौतमको स्वरमा सजिएको ‘एक नजर लाइदेउन माया’ बोलको तीज गीत सार्वजनिक भएको छ । सुशिला गौतम युट्युब च्यानलमार्फत मंगलबार उक्त गीत सार्वजनिक भएको हो ।

उक्त गीतको शब्द गौतमले कोरेकी हुन् भने शर्माले लय भरेका हुन् । उसो त गीतमा गौतम र शर्माको गठबन्धन गीतदेखि भिडियोसम्म राम्रोसँग जमेको देखिन्छ ।

बिनोद बाजुरालीले संगीत संयोजन गरेको गीतमा खडक बाजुरालीले मिक्सिङ एण्ड मास्टरिङको कला प्रस्तुत गरेका छन् । मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतलाई गोबिन्द बाजुराली र सागर बाजुरालीले रेकर्ड गरेका हुन् भने राजेन्द्र बाजुरालीले स्वर सम्पादन गरेका छन् ।

त्यस्तै, गीतको भिडियोलाई स्मृति तिमल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी हुन् । शर्मा र गौतमलाई फिचरिङ गरिएको भिडियोलाई करन चैसिरले छायाँकन गरेका हुन् । भिडियोलाई मनोज कार्कीले सम्पादन र कलर गरेका हुन् । भने, राजेन्द्र अर्यालले प्राविधिक पक्षमा सहयोग गरेका छन् ।

गीतको भिडियो सार्वजनिक गर्दै गायिका गौतमले विगतमा जस्तै माया पाउने आशा रहेको बताएकी छन् । गौतम र शर्माको तीज गीतमा यो दोस्रो सहकार्य हो । ६ वर्षअघिको तीजमा सुशिला र पशुपतिले जवानीले ढुनुमुनु बनायो बोलको गीत ल्याएका थिए । जसलाई हालसम्म ७ लाख ६० हजारभन्दा बढीपटक हेरिएको छ । त्यस्तै, गायिका गौतमको भुइँ छोडेकी चरीलाई, लेउ लायो लगायतका तीज गीत चर्चामा छन् ।

भिडियाे 

प्रकाशित मिति: २०८०,श्रावण,३०,मंगलवार १८:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा पहिलोपटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ । देउडा सांस्कृतिक मञ्चले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंमा

काठमाडौं । नेपालमा जि.डब्लु एम सवारी साधनको आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रा.लि. ले जि.डब्लु.एमका प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप

काठमाडौं । ‘नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओडको देउकी प्रथामा आधारित ‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक भएको

काठमाडौं । फेसबुकको मूल कम्पनी मेटाले नयाँ च्याटबट ल्याउने भएको छ । मेटाले ल्याउने नयाँ च्याटबट अन्य एआई टुल समान

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०