काठमाडौं । कर्मचारिलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराए सँगै बैंकिङ फाईनान्स एण्ड इन्स्योरेन्स इन्श्च्यिुट अफ नेपाल (बिएफआईएन) द्वारा प्रदान गरिने एल एण्ड डि एक्सीलेन्स अवार्ड २०२३ बाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको छ ।
बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो । यही साउन २९ गते सोमबार अलफ्ट काठमाडौं होटलमा सम्पन्न लिर्डस फर द नेक्स्ट जेनेरेशन एक्सपेक्टेड द अन एक्सपेक्टेड कन्फरेन्सका बिच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख श्री विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन ।
सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरतरुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस बैंकले आम ग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया