काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा विमान अड्किएको छ । काठमाडौंबाट दिल्ली उडान भर्ने क्रममा एयर इन्डियाको विमान अड्किएको हो ।

एयर इन्डियाको विमानको ह्विललक भएपछि विमान धावनमार्गमै अड्किएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।
विमानलाई रनवेबाट पार्किङस्थल ल्याइएकाे छ । रनवेमै विमानमा समस्या आएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । करिब ४५ मिनेटदेखि जहाजहरु आकाशमै होल्ड भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया